Logo

बैंक / बिमा /शेयर

एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांश घोषणा


GDP नेपाल
   ११ फाल्गुन २०७८, बुधबार


एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु १,१८,३६,०४,४०० को ६ प्रतिशतका दरले हुन आउने रकम रु ७१०,१६,२६४ बराबरको बोनस सेयर तथा कर वापत चुक्ता पूँजीको ०.३१५८ प्रतिशतले हुन आउने रकम रु ३७,३७,६९८ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने छ ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह