Logo

बैंक / बिमा /शेयर

नयाँ सारथी लघुवित्तले गर्‍यो लाभांश घोषणा


GDP नेपाल
   ११ फाल्गुन २०७८, बुधबार


नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बोनसमा लाग्ने कर भने २०७७ साल असोज ५ गतेपछि शेयर खरीद गर्ने शेयरधनीहरुको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर भएपश्चात नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु भएको थियो । एकीकृत कारोबारपछि कायम भएका सेयरधनीहरुले मात्र कम्पनीको बोनस सेयरका लागि कर तिर्नु पर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंककोबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह