Logo

बैंक / बिमा /शेयर

बेस्ट फाइनान्सले डाक्यो साधारण सभा


GDP नेपाल
   १२ फाल्गुन २०७८, बिहिबार


बेस्ट फाइनान्स कम्पनीले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले चैत ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२:३० बजेका लागि सभा आह्वान गरेको हो ।

सभामा भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव गरेको छ । सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७र७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनका लागि फागुन २० गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह