राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा भएको बाँडफाँडमा ७९ हजार ४ सय ५० जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।
आईपीओमा कुल २५ लाख ७९ हजार ४ सय २ जनाले आवेदन दिएका थिए । जसमा २४ लाख ९९ हजार ९ सय ५२ जना आवेदकको हाल खाली भएको छ । आईपीओमा २ करोड ९३ लाख ९७ हजार ६ सय ८० कित्ताको लागि कुल २ अर्ब ९३ करोड ९७ लाख ६८ हजार बराबरको आवेदन परेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) , एनआईबिएल एस क्यापिटल लिमिटेडको वेभसाइट (https://www.niblcapital.com/), राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट (https://www.rulbsl.com/) र मेरो सेयरमार्फत हेर्न सकिन्छ ।
प्रतिक्रिया