Logo

अर्थनीति

संसदबाट बहुमतले एमसीसी पारित


GDP Nepal
   १५ फाल्गुन २०७८, आइतबार


काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको छ ।

आइताबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमसीसी र यसको व्याख्यात्मक परिभाषा बहुमतले पारित गरेको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेको नाराबाजी र जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका साना दलको असहमतिबीच प्रतिनिधिसभाको बहुमतले नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौता अनुमोदन गरेको हो ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतबाट मत विभाजन गराउँदा पारित गर्नुपर्छ भन्ने प्रस्तावमा बहुमत सांसदले मत जाहेर गरेका थिए ।

यसअघि आइतबार नै बसेको पहिलो बैठकमा एमसीसीका सम्बन्धमा सैद्धान्तिक छलफल भएको थियो ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह