काठमाडौं । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थिति मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्विकार गरेको छ ।
एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्विकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमसीसीको विषयमा संशोधन गर्नेसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सँधै रहने बताइएको छ ।
यस संशोधनले पाँचवर्षसम्म एमसीसी कार्यान्वयन गर्दै भरपर्दो विद्युत प्रशारण र यातायातमा कम खर्चको अवस्था सिर्जना गर्न र नेपाली जनतालाई थप रोजगार सिर्जना गर्न मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो वर्ष नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्धमा ७५ वर्षमा पुगेको छ । एमसीसी र अमेरिकी जनता नेपालको विकास र परिवर्तनमा सँधै साथ हुने उल्लेख गर्दै नेपालको लोकतान्त्रिक मूल्यमान्यता र दीगो आर्थिक समृद्धिमा निरन्तर सहयोग रहने बताइएको छ ।
प्रतिक्रिया