शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले प्रुडेन्सिय क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको १ लाख कित्ता र संस्थापक सेयरधनी प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई सूचना प्रकाशनको ३५ दिनभित्र बैँकको केन्द्रिय कार्यालय कुटवल कालिकानगरमा निवदन दिन जनाइएको छ ।
यस्तै, तोकिएको अवधिमा निवेदन नपरेमा उक्त सेयर सर्वसाधारणका लागि खुलाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया