कर्णाली डेभलपमेण्ट बैंकले १७औं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले शुक्रवार दिउँसो १ बजे कल्पतरु होटल नेपालगञ्जमा बस्ने जनाएको छ । सभाले २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७र७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि सेयरधनीदर्ता पुस्तिका माघ २८ गते देखि फागुन २० गते सम्म बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा माघ २७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया