आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले १०ः४ को अनुपातमा एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते बुकक्लोज गरेको थियो ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रदमा आवेदकले फागुन २२ गतेदेखि चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया