आजदेखि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर बिक्री खुला भएको छ ।
इन्स्योरेन्सले १०० अंकित दरको दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गरेको हो । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते बुकक्लोज गरेको थियो। यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत चैत १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया