साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से ३.६६ अंकले घटेर २ हजार ५४३.३९ विन्दूमा पुगेको छ ।
आज निर्जीवन बीमा२२.६, माइक्रोफाइनान्स ३.१६, जीवन बीमा १६६.०९, फाइनान्स १३.६ ब्यापार १२.४, उत्पादन १२७, जलविद्युत २२.१, म्यूचअल फन्ड ०.०३ र लगानी ०.१६ अंकले घटेका छन् । यस्तै, बैंकिङ ३.२८, होटल तथा पर्यटन १.५२, विकास बैंक ५३.३१ र अन्य १९.०२ अंकले बढेका छन् ।
आज सबै भन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनीको सेयर अंकले बढेको छ । आज २३० कम्पनीका ५१ लाख कित्ता सेयर २ अर्ब ४९ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया