लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रिमा ल्याउने भएको छ ।
इन्स्योरेन्सले बैंकको स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता संस्थापक समूहको सेयर फागुन ३० गतेबाट बिक्रिमा ल्याउने भएको हो । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ५० रूपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी, संस्था तथा व्यक्तिहरुले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि चैत्र १४ गतेसम्म कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया