साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य सुधार भएको छ । आज नेप्से १.५५ अंकले बढेर दुई हजार ५४४.९४ विन्दूमा पुगेको छ ।
आज व्यापार १५.७४, विकास बैंक २१.४१, जलविद्युत ३१.९९, फाइनान्स २८.२४, माइक्रोफाइनान्स ४.५७, जीवन बिमा १५०.३२, म्यूचुअल फन्ड ०.०६ र लगानी ०.५७ अंकले घटेका छन् ।
यस्तै, बैंकिङ ६.४, होटल तथा पर्यटन १४.१८, र्निजीवन बिमा ९.८८, उत्पादन ८७.६३ र अन्य ३५.५ अंकले बढेका छन् । आज सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर ५ अंकले बढेको छ भने पाचथर पावर कम्पनीको सेयर ६ अंकले घटेको छ ।
आज २३० कम्पनीका ५३ लाख कित्ता सेयर दुई अर्ब ६० करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया