Logo

बैंक / बिमा /शेयर

अवितरित हकप्रद सेयर लिलामीमा ल्याउँदै छ्याङ्दी हाइड्रोपावर


GDP नेपाल
   २४ फाल्गुन २०७८, मंगलबार


छ्याङ्दी हाइड्रोपावर लिमिटेडको करिब ६० हजार कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको सो सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा कम्पनीले न्युनतम प्रतिकित्ता एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्सालमा पेश गर्न सक्नेछन् । त्यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, हनुमानदास रोड, विराटनगर, जनकपुर, आर्दशनगर वीरगंज, हेटौडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र पेश गर्न सकिनेछ।

कम्पनीले गत माघ ११ गते देखि फागुन २ गतेसम्म १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन गरेको थियो। सो निष्काशनमा बिक्री नभएको ५९ हजार ८२७ कित्ता सेयर चैत १ गतेदेखि लिलामीमा ल्याउने भएको हो।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह