एनएलजी इन्स्योरेन्स कम्पनीले चैत्र १७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित पेश गर्ने छ ।
त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरू छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र ६ गते बुक क्लोज गर्ने छ । चैत्र २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन तथा कम्पनीको लाभांश पाउनेछन् ।
प्रतिक्रिया