Logo

बैंक / बिमा /शेयर

नेष्डो समृद्धि लघुवित्तको आईपीओ बाँडफाँड, १० कित्ताका दरले ७७ हजार ४५६ जनाले पाए सेयर


GDP नेपाल
   २४ फाल्गुन २०७८, मंगलबार


नेष्डो समृद्धि लघुवित्तको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

आईपीओमा २५ लाख २७ हजार १०१ आवेदन परेको थियो । जसमध्ये गोलाप्रथाबाट १० कित्ताका दरले ७७ हजार ४५६ जनाले सेयर पाएका छन् भने तीन जनाले ११ कित्ता सेयर पाएका छन् । बाँकी रहेका २४ लाख ४५ हजार ४९९ जनाको भने हात खाली भएको छ । यस्तै, चार हजार १४६ आवेदन रद्द भएका थिए ।

कम्पनीले फागुन ११ गतेदेखि आठ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरूका लागि १२ हजार ७५० कित्ता छुट्ट्याइएको थियो ।

कम्पनीको आईपीओ नतिजा, सीडीएर एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह