Logo

मुख्य समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख ५ हजार ५ सय


GDP नेपाल
   २५ फाल्गुन २०७८, बुधबार


नेपाली बजारमा आज सुनको मूल्य २ हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार ५०० रुपैयाँले वृद्धि भएसँगै छापावाल सुन एक लाख पाँच हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ५ हजारमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलाको ४० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह