नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले चैत १६ गतेका लागि १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा, कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि सुरु हुने जानकारी गराइएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।
प्रतिक्रिया