Logo

अर्थनीति

आयल निगममा कसले बाजी मार्ला ? थानी, भट्ट र सिटौला तीनैजना कांग्रसनिकट !


GDP Nepal
   २६ फाल्गुन २०७८, बिहिबार


काठमाडौं । नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको निगममा खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक चयनका लागि गठित कार्यकारी निर्देशक छनोट समितिले तीन नाम सिफारिस गरेको हो ।

समितिको बुधबार बसेको बैठकले भीमसेनथापा १ गोरखाका चण्डिकाप्रसाद भट्ट, आठराई २ तेह्रथुमका जीवनप्रकाश सिटौला र वीरेन्द्रनगर १ सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पधाबाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिस्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ ।

समितिले सिफारिस गरेकामध्ये भट्ट र थानी इन्जिनियर हुन् । भट्ट विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक हुन् भने उनी यसअघि पनि निगममा कार्यकारी निर्देशक भइसकेकाले अनुभवी मानिन्छन् । सिटौला उद्योग विभागका पूर्व महानिर्देशक हुन् ।

थानी कांग्रेस निकट इन्जिनियरहरुको संस्था सिडेनका अध्यक्षसमेत हुन् । नियुक्तिका लागि सिफारिस भएका तीनैजना कांग्रेसनिकट भनेर चिनिन्छन् । थानी कांग्रेस नेता हृदयराम थानीका नातेदार हुन् भने सिटौला अर्का कांग्रेस नेता कृष्ण सिटौलाका नातेदार हुन् ।

भट्टको कार्यकालमा आयल निगमले संस्थागत सुधारमा फड्को मारेको थियो ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह