Logo

अर्थनीति

अस्तित्व रक्षाका लागि संघर्षरत आयल निगमको नेतृत्वमा ई. उमेश थानी नियुक्त


GDP Nepal
   २६ फाल्गुन २०७८, बिहिबार


काठमाडौं । सरकारले ईञ्जिनियर उमेशप्रसाद थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सुर्खेतका थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

निगमको कार्यकारी निर्देशक सिफारिस समितिले बुधबार थानीसहित पूर्व कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट र नेपाल सरकारका पूर्वसहसचिव जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा थानीलाई नियुक्त गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए ।

नवनियुक्त कार्यकारी निर्देशक थानी सत्तारुढ नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन् भने उनी यसअघि नेपाल इन्जिनियरिङ काउन्सिलमा रजिष्ट्रार रहिसकेका छन् । थानीसँग विद्युत् प्राधिकरणको बोर्ड मेम्बर भएको अनुभव पनि छ ।

निगम चर्को घाटामा रहेको र स्थिरीकरण कोषसमेत रित्तो भएको अवस्थामा नेतृत्व सम्हाल्न लागेका थानीसामु चुनौतीका चाङ रहेका छन् । लागत मूल्यअनुसार बिक्रीको प्रबन्ध मिलाउने वा सरकारसँग अनुदान मागेर संस्था चलाउने भन्ने सीमित विकल्पमात्र रहेका बेला भएको उनको नियुक्तिपछि संस्था गतिशील बनाउनु नै मुख्य चुनौती देखिन्छ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह