काठमाडौं । पछिल्ला महिनाहरुमा मुलुकको अर्थतन्त्र झन् खराब दिशामा गइरहेको छ । नेपाल राष्ट्र बैंकले प्रत्येक महिना सार्वजनिक गर्ने मुलुकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको संकेत गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को सात महिनाको तथ्यांकमा आधारित प्रतिवेदन शुक्रबार सार्वजनिक गरियो ।
प्रतिवेदनका मुख्य अंश हेरौंः
– रेमिट्यान्स आप्रवाहमा ४.९ प्रतिशतले कमी आई ५ खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो ।
– शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो ।
– असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा सात महिनामै १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ कायम भएको छ ।
– माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो ।
– सात महिनामा कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भई रु.१०१५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया