काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयातमा नगद मार्जिनसम्बन्धी व्यवस्था सधैँका लागि नभै अर्थतन्त्रका तत्कालीन समस्या समाधानका लागि अल्पकालीन रुपमा लगाइएको प्रष्टोक्ति दिएका छन् ।
आइतबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन राखिएको उल्लेख गर्दै स्थिति सहज हुनासाथ यसलाई हटाइने प्रतिबद्धता जनाए ।
“देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं,” उनले भने, “यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको हो । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।”
कार्यक्रममा मन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार अशुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए ।
।
भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईका बाबजुत तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी दिए । यो गत बर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो ।
प्रतिक्रिया