Logo

बैंक / बिमा /शेयर

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   ६ चैत्र २०७८, आइतबार


आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले चैत २७ गते बनेपा पार्टी भेन्यु, काभ्रपलाञ्चोेकमा बिहान ११ बजे सभा सुरु गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको २१ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित गर्ने छ । सभामा प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेजस्ता एजेन्डा समेत रहेका छन् । यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह