आइतबार नेप्सेमा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
एभरेष्ट बैंकको ५३ लाख ३६ हजार २३० दशमलव ३१ कित्ता, एनएमबि बैंकको २ करोड ४ लाख ७ हजार ४५१ दशमलव शून्य ७ कित्ता र गणपति लघुवित्त वित्तीय संस्थाको २ लाख ४१ हजार ९७७ दशमलव ८२५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बोनस सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविबिक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया