Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै


GDP नेपाल
   ७ चैत्र २०७८, सोमबार


ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरूलाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा शुरू गरेको जानकारी दिएको छ ।

कर्जा लिन बैंकका मुद्दती निक्षेपकर्ताहरूले ग्लोबल आइएमई बैंकको मोबाइल Global Smart Plus वा www.globalonline.gibl.com.np मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले उल्लेख गरेको छ ।

योजनाअन्तर्गत बैंकबाट ग्राहकले आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरूलाई लाभान्वित गराउन सदैव तत्पर रहिआएको बैंकको दाबी छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर हालसम्म २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर एवम् मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह