ग्रीन भेन्चर्स लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकात्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले चैत्र ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ ।
प्रतिक्रिया