Logo

बैंक / बिमा /शेयर

सगरमाथा इन्स्योरेन्सको ५ लाख ५५ हजार कित्ता बढी सेयर बिक्रिमा


GDP नेपाल
   ८ चैत्र २०७८, मंगलबार


सगरमाथा इन्स्योरेन्स कम्पनीले ५ लाख ५५ हजार ५६९ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।

कम्पनीले सनराइज बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ । यस सेयरको मूल्य प्रतिकित्ता ४०० तोकिएको छ ।

तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त सेयर बिक्रि गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह