बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाईन सेवा सुचारु गरेको छ ।
बैंकले ग्राहकहरुका लागि बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गनका लागि हेल्पलाईन स्थापना गरेको हो । यस सेवा अन्र्तगत ग्राहकले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् ।
बैंकको मोबाईल बैंकिङ्ग (BOK SMART), इन्टरनेट बैंकिङ्ग (BOK Click), क्यूआर कोर्ड (QR Code), डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम (ATM) तथा POS को कारोबारमा केहि समस्या आएमा ग्राहकले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना [email protected] बाट सिधै सहयोग लिन सक्ने बैंकले जनाएको छ । यस सेवाले ग्राहकको बैंकिङ्ग कारोबार तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया