Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   ९ चैत्र २०७८, बुधबार


सिद्धार्थ इन्स्योरेन्सका २०औँ वार्षिक साधारणसभा चैत ३० गते बस्ने भएको छ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर रहेको छ । बोनस शेयर कर प्रयोजनार्थ कम्पनीले ०.७८ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १ सय ५ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गर्नेछ ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले १७ चैतमा एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह