Logo

बैंक / बिमा /शेयर

कर्पोरेट डेभलपमेन्ट बैंककाे १ लाख २० हजार १२० कित्ता हकप्रद सेयर लिलामीमा


GDP नेपाल
   ९ चैत्र २०७८, बुधबार


कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद सेयर विक्री खुला गरेको थियो । उक्त सेयर वितरण हुन नसकेपछि बैंकले चैत १६ गतेबाट सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद सेयर लिलामीमा विक्री गर्न लागेको हो ।

प्रतिशेयर रु १०० तोकिएको यो सेयर खरीदका लागि इच्छुकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम कित्ताका लागि कुनै हद लाग्नेछैन् । इच्छुक आवेदकहरुले चैत २४ गतेसम्म रितपूर्वक गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । त्यस्तै, विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह