Logo

बैंक / बिमा /शेयर

विश्व बैंकद्वारा नेपालको लागि थप १८ अर्ब रुपैयाँ ऋण स्वीकृत


GDP नेपाल
   ११ चैत्र २०७८, शुक्रबार


विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ ।

नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको बैंकले जनाएको छ ।

ऋण स्वीकृत भएपछि बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले भने ‘यो सहयोगले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ, यस्तै निजी क्षेत्र र दिगो विकासका आयोजना अघि बढाउन समेत मद्दत पुग्नेछ।’

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह