नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । सभो बैशाख १० गते कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा दिउँसो ३ बजे सुरु हुने भएको छ ।
सभामा गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश पारित गरिने छ । यस्तै, कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । कम्पनीले २ लाख २९ हजार ६४९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसको छ ।कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गतेबाट वैशाख १० गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ, चैत २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया