Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकको ८ लाख १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १४ चैत्र २०७८, सोमबार


प्रभु बैंक लिमिटेडले ८ लाख १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले नेपाल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको उक्त सेयर बिक्रिमा ल्याएको हो ।

यसअघि बैंकले माघ २७ गते उक्त सेयर संस्थापक सेयरधनीले मात्र खरीद गर्न मिल्ने गरी ३५ दिने सूचना प्रकाशित गरेको थियो । जसमा ८ लाख १६ हजार कित्ताका लागि आवेदन नपरेपछि कम्पनीले पुनः सूचना प्रकाशन गर्दै अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यो सेयर खरीदका लागि इच्छुक व्यक्ति वा संस्थाले  आगमी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह