Logo

बिजनेस होम

सत्तानिकट ठेकेदार निर्माण व्यवसायी महासंघमा पराजीत, लोकतान्त्रिक समूहका रवी सिंह विजयी


appharu
   ७ आश्विन २०७५, आइतबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनिकट उम्मेदवार यक्षध्वज कार्की पराजीत भएका छन् । उनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटका रवि सिंहले पराजीत गरे ।

शनिबार राति भएको मत गणनाको अन्तिम परिणामअनुसार सिंहले कार्कीभन्दा १ सय १३ मत बढी प्राप्त गरे । सिंहले ४६६ मत पाउँदा कार्कीले भने ३५३ मत पाएका थिए ।
अध्यक्षका अर्का प्रत्याशी रामशरण देउजाले ६६ मत पाए । उनी पनि कांग्रेसनिकट हुन् ।

कार्की यसअघि २ पटक अध्यक्षमा पराजीत हुन् भने एकपटक अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रनिकट व्यवसायीबीच एकता भएकाले विजयी हुने उनको दाबी थियो ।

यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । उनी सिंह प्यानलकै हुन् । पाण्डेय कालिका कन्सट्रक्सन प्रालिका मुख्य सञ्चालक पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन् ।
पाण्डेले आफ्ना प्रतिष्पर्धी लक्ष्मण कुमार रानालाई पराजित गरेका हुन् । पाण्डेले ४६५ मत पाएर विजयी भए भने रानाले ४२८ मत प्राप्त गरेका थिए ।

त्यस्तै एशोसियट्स तर्फको उपाध्यक्षमा आङ दोर्जी लामा विजयी भएका छन् । त्यस्तै महासंघको महासचिवमा रोशन दाहाल, कोषाध्यक्षमा हिरण श्रेष्ठ, आन्तरिक तर्फको उपमहासचिवमा नरहरी थपलिया र नीतिगततर्फको उपमहासचिवमा टंक चौलागाई निर्वाचित भएका छन् ।

यस्तै, महासंघको साधारण सभाले महासंघको प्रदेश उपाध्यक्षहरु पनि निर्वाचित गरेको छ । जस अनुसार प्रदेश १ को उपाध्यक्षमा धिरेन्द्र कुमार दाहाल, प्रदेश २ को उपाध्यक्षमा सुरेन्द्र प्रसाद सिंह, प्रदेश ३ को उपाध्यक्षमा पेम्बा लामा, गण्डकी प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहारी, प्रदेश ५ बाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट राम बहादुर खड्का र प्रदेश ७ बाट टेक बहादुर सेठ्ठी निर्वा्चित भएका छन्।

महासचिवमा निर्वाचित रोशन दाहाल भने कार्की प्यानलका हुन् । उपमहासचिवमा पनि कार्की प्यानलकै टंक चौलागाईं निर्वाचित भएका छन् । निर्वाचनमा नेपाली कांग्रेस र राप्रपानिकटका व्यवसायीको संयुक्त प्यानल थियो ।

प्रकाशित : ७ आश्विन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह