Logo

अर्थनीति

अनुभवी मन्त्री बडुलाई उद्योगको जिम्मेवारी, कोइराला बने कानुनमन्त्री


GDP Nepal
   २४ चैत्र २०७८, बिहिबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद बडुलाई दिएका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका बडुलाई प्रधानमन्त्री देउवा आफैंले ९ महिनादेखि सम्हालिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन् । बडुले बिहीबारै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

देउवा मन्त्रिमण्डलमा बडु अनुभवी मन्त्री पनि हुन् । उनी यसअघि गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा सञ्चार मन्त्रालयको जिम्मेवारीसहित सरकारको प्रवक्ताको भूमिकामा रहेका थिए ।

दुई दशकदेखि निरन्तर कांग्रेस केन्द्रीय समितिमा रहेका बडु सुदूरपश्चिमको दार्चुला जिल्लाबाट पटक पटक सांसद भए पनि वर्तमान संसदमा भने उनी समानुपातिक तर्फका सांसद हुन् । पूर्वशिक्षक समेत रहेका बडु व्यावहारिक नेता मानिन्छन् । उनले दार्चुलाकै एक माध्यमिक विद्यालय र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गरेका थिए ।

लामो समय नेतृत्वविहीन बनेको उद्योग मन्त्रालयले बडुको नेतृत्वमा उद्योग व्यवसायका समस्या समाधानमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।

कोइराला बने कानुनमन्त्री

संघीय संसद सदस्य नरहे पनि अधिवक्ता गोविन्द प्रसाद शर्मा कोइराला मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी हुन्।

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता कोइराला गोविन्द बन्दी नाउँले चिनिन्छिन् । उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मानिन्छन् । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित पारित गराउन उनले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह