काठमाडौं । रुग्ण उद्योगले हदबन्दी भन्दा बढी रहेको जग्गा बेच्न पाउने पाएका छन् ।
तर यो रकमले सरकारलाई भुक्तानी गर्नुपर्ने कर र बैंक ऋण चुक्ताका लागि मात्र खर्चनुपर्नेछ ।
यस्तै, उद्योग स्थापनाका लागि जग्गाको हदबन्दी परिवर्तन हुने भएको छ । यस्तै जग्गाको लिज अवधि ५० वर्ष बनाइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९–८९ को आयव्यय विवरण (बजेट)मा यो कुरा उल्लेख गरिएको छ ।
अर्थमन्त्री शर्माले संसदको दुवै सदनमा यतिबेला बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।
प्रतिक्रिया