Logo

अर्थनीति

उद्योग वाणिज्य महासंघमै कर परामर्श सेवा केन्द्रः गुनासो संकलन र छानबिन समेत हुने


appharu
   ५ मंसिर २०७५, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा कर परामर्श केन्द्र स्थापना गरिएको छ । यो केन्द्रबाट करसम्बन्धी गुनासो संकलन तथा छानबिनसमेत हुने जनाइएको छ ।

महासंघ अध्यक्ष भवानी राणा र राजस्व सचिव शिशिरकुमार ढुंगानाले मंगलबार केन्द्रको संयुक्त रुपमा उद्घाटन गरे ।

अध्यक्ष राणाका अनुसार देशका सबै ठाउ“बाट आएका कर राजस्व सम्बन्धी गुनासाहरूलाई संकलन गरी प्रत्येक हप्ताको शुक्रवार गुनासा उपर छानवीन गर्ने, किनारा लगाउने र तत्काल किनारा लगाउन नसकिने गुनासाहरूलाई माथिल्लो निर्णय गर्ने निकाय समक्ष पु¥याइने छ ।

राणा भन्छिन्– केन्द्रबाट राजस्व प्रशासनलाई बढी व्यवहारिक, प्रभावकारी र जनमैत्री बनाउने सरकारको अभियानमा सहयोग पुग्ने विश्वास महासंघले लिएको छ । आफूलाई परेका समस्या गुनासाहरू सोही केन्द्रमार्फत समाधानका लागि मद्दत लिन म आग्रह गर्दछु ।

अध्यक्ष राणाले मुलुकको आर्थिक विकासका लागि सरकारले ल्याउने सवै प्रकारको कार्यक्रममा सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाइन् । सरकारको कर प्रशासन सधै व्यवसायमैत्री हुनुपर्ने र कर तिर्ने वातावरण निर्माणमा सदैव चनाखो हुनुपर्नेमा उनको जोड थियो ।

राणाले मुलुकको अर्थतन्त्र अपेक्षाकृत सुधार हुन नसकेको तर्फ गुनासो गर्दैै सरकारले औद्योगिक विकास, आर्थिक विकासका लागि आवश्यक अध्ययन अनुसन्धानमा बढी भन्दा बढी लगानी गर्नुपर्ने समेत सुझाव राखिन् ।

कार्यक्रमका राजस्व सचिव ढुंगानाले सरकार निजी क्षेत्रको साझा चासो भनेकै मुलुकको विकास र जनताको समृद्धिनै रहेकाले निजी क्षेत्रलाई सदैव साथ लिएर कार्य गर्ने विश्वास दिलाए । अर्थ मन्त्रालयले चालेका सवै प्रयासमा महासंघले पु¥याएको सहयोगको उनले प्रशंसा पनि गरे ।
निर्यातमूलक उद्योगलाई बढावा दिई आयात प्रतिस्थापन गर्नु सरकारको मुख्य लक्ष्य भएकाले यो चुनौतीपूर्ण कार्यमा निजी क्षेत्रको साथ विना सम्भन नहुने भएकाले उनले मुलुकभित्र उद्योग व्यवसायको विकासमा निजी क्षेत्रलाई सक्रियतापूर्वक लाग्न समेत आग्रह गरे ।
दोहोरो करका विषयमा हालै गठित एक अधिकार सम्पन्न समितिले मन्त्रिपरिषद् समक्ष सुझाव पेश गरी सकेकाले यस विषयमा छिट्टै निर्णय आउने समेत स्पष्ट पारे ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्र दक्षिण एशियामै बढी कर तिर्नेमा देखिएको भन्दै चालू आवको पहिलो त्रैमासमा लक्ष्य भन्दा ३३.४ प्रतिशत बढी कर संकलन भएको बताउ“दै देशको प्रगति देख्नेका लागि यो अत्यन्त सुखद समाचार भएको धारणा राखे ।
तर, सरकारले उद्योग व्यवसायको विकास र विस्तार नभएको तर्फ पनि सचेत भई के कारणले उद्योग व्यवसाय विस्तार हुन सकिरहेको छैन, लगानी आइरहेको छैन त्यसको सुक्ष्म अध्ययन गरी सोही अनुसार सुधार गर्न आग्रह समेत उनले गरे । सरकारी निकायहरू बीचनै समन्वय नहु“दा एक निकायले दिएको सुविधा अर्को निकायले नदिने परिस्थितिले उद्योगी व्यवसायी पिडित भएको उनको गुजासो छ ।

प्रकाशित : ५ मंसिर २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह