Logo

मुख्य समाचार

१६ अंकले घट्यो सेयर बजार, ५५ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   २५ आश्विन २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.०६ अंकले घटेर एक हजार ८५५.१६ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ४३, फाइनान्स १३, जलविद्युत् १५, जीवन बीमा १२३, उत्पादन ३६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ७० र अन्य उपसमूह १५ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन र ब्यापार उपसमूह भने ०.०८ अंकले बढेको छ ।

आज विन्ध्यावासिनी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ७.१८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सम्मिट लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने अभियान लघुवित्तको सेयर ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन २२९ कम्पनीको १७ लाख कित्ता सेयर ५५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह