बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.३६ अंकले बढेर एक हजार ८६६.५२ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ६९, फाइनान्स ४०, होटल तथा पर्यटन २३, जलविद्युत् १६, जीवन बीमा ४९, उत्पादन ३९, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ४६ र अन्य १२ अंकले बढेको छ । त्यस्तै, ब्यापार उपसमूह १३ अंक र म्यूचूअल फन्ड ०.२४ अंकले घटेको छ ।
आज अभियान लघुवित्तको वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । यस दिन २२३ कम्पनीको २० लाख कित्ता सेयर ६९ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया