Logo

मुख्य समाचार

४ अंकले बढ्यो सेयर बजार, ८२ करोडको कारोबार


GDP नेपाल
   २७ आश्विन २०७९, बिहिबार


बिहिबार सेयर बजार ४ अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से ४.१५ अंकले बढेर एक हजार ८७०.६३ विन्दुमा पुगेको छ ।

बैंकिङ ०.९, विकास बैंक ३४, फाइनान्स १४, होटल ४, जीवन बीमा १५, उत्पादन ७३, माइक्रोफाइनान्स ३, निर्जीवन बीमा ३२, अन्य २ र ब्यापार उपसमूह १ अंकले बढेको छ । त्यस्तै, जलविद्युत् उपसमूह भने २ अंकले बटेको छ ।

आज अभियान लघुवित्तको सेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि आज सिटिजन्स् म्युचल फन्डको सेयर भने साढे चार प्रतिशतले घटेको छ ।

यस दिन २२२ कम्पनीको २६ लाख कित्ता सेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह