Logo

मुख्य समाचार

झिनो अंकले घट्यो नेप्से, ५१ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   ३१ आश्विन २०७९, सोमबार


सोमबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.६ अंकले घटेर एक हजार ८५८.३३ विन्दुमा पुगेको छ ।

माइक्रोफाइनान्स ६, उत्पादन १८, जीवन बीमा २६, जलविद्युत् १४, विकास बैंक २७ र फाइनान्स १७ अंकले घटेका छन् । त्यस्तै, बैंकिङ १, होटल १०, निर्जीवन बीमा १२, अन्य ४ र ब्यापार उपसमूह १ अंकले बढेका छन् ।

आज पिपुल्स पावर लिमिटेडको सेयर सबैभन्दा धेरै ९.९७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २१९ कम्पनीको १६ लाख कित्ता सेयर ५१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह