Logo

अर्थनीति

चीन जोड्ने अर्को नाका पनि अलपत्रः सुरुङ खनेरै जोड्ने ओलीको घोषणा हावादारी


appharu
   ९ मंसिर २०७५, आइतबार


काठमाडौं । नेपाल र चीनबीच कुनै पनि सीमा नाका भरपर्दो छैनन् । बाह्रै महिना चल्ने सिन्धुपाल्चोकको तातोपानी बन्द भएपछि विकल्पका रुपमा अघि सारिएको रसुवाको केरुङ नाका पनि भरपर्दो छैन ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको नाका हो दोलखाको लामाबगर । भारतको सीमा भिट्ठामोडदेखि दोलखाको लामाबगरसम्मको जम्मा दूरी २ सय ४५ किलोमिटरमात्रै छ । यही नाकाबाट तिब्बत जोडिने भए पनि अहिलेसम्म नाका भने सडकमार्गले जोडिन सकेको छैन ।

जबकि लामाबगरदेखि तिब्बतको फलाक नाकासम्म १३ किलोमिटर सडक बनाए पुग्ने अवस्था छ भने १ किलोमिटरभन्दा कम सुरुङ बनाउनुपर्नेछ । ८ महिनाअघि प्रधानमन्त्री केपी ओलीले सोही क्षेत्रमा पुगेर ७ किलोमिटर भए पनि सुरुङमार्ग खनेरै तिब्बत नाका जोड्ने बचन दिए । तर, अहिलेसम्म सिन्को नभाँचिँदा स्थानीयवासीले प्रधानमन्त्रीको घोषणालाई हावादारी भनेका छन् ।

बरु,१० वर्षदेखि सडक विभागले नियमित बजेट छुट्याउँदै आएको आयोजनामा यस वर्षदेखि बजेटसमेत काटिएको छ ।

प्रकाशित : ९ मंसिर २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह