काठमाडौं । नेपालका आईटी इन्जिनियर अब जापानी रोजगारदाताको नजरमा पर्न थालेका छन् । जापानको सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गदैं आएको ह्युमन रिसोसिया कम्पनीले नेपालका ३ वटा कलेजबाट दक्ष कामदारका रूपमा नेपाली आइटी इन्जिनियरलाई रोजगारीमा लैजाने भएको छ ।
कम्पनीले चालू वर्ष ५० जना र आगामी तीन वर्षभित्र १ हजार नेपाली आईटी इन्जिनियरलाई जापान लैजाने भएको हो । यसका लागि कम्पनीका अधिकारीहरुले पुल्चोक क्याम्पस, नामी कलेज र नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी छनोट गर्ने भएको छ ।
आइतबार पुल्चोक क्याम्पसका विद्यार्थीलाई पहिलो चरणमा छनोट गरेको छ । सो कम्पनील ३ कलेजसँग सहकार्य गरेर जापानी भाषाको अध्ययन सुविधासहित आइटी क्षेत्रमा रोजगारी सुविधा उपलब्ध गराउने जनाएको छ ।
कम्पनीले रोजगारीमा गएका नेपाली विद्यार्थीलाई जापानी भाषा पढाउनेसमेत जनाएको छ । जापानको ह्युमन होल्डिङ कम्पनीको स्वामित्वमा रहेको सो
कम्पनीले नेपाली विद्यार्थीलाई रोजगारी दिने विषयमा सहमतिसमेत गरेको छ ।
कम्पनीले ३ कलेजमध्ये आइतबार पुल्चोकमा विद्यार्थी छनोटका लागि अन्तर्वार्ता गरेको छ । सो कम्पनीले सन् २०२१ सम्म १ हजार जना दक्ष कामदारलाई ग्लोबल आइटी इन्जिनियरको रूपमा लैजाने प्रतिबद्धता जनाएको छ ।
जापानको एसएन्डके कम्पनीका कार्यकारी उपाध्यक्ष सन्तोस पौडेलले जापानमा ठूलो संख्यामा कमी रहेको आइटी इन्जिनियरको समस्या हल गर्न उच्चदक्ष विदेशी इन्जिनियरलाई रोजगारीको अवसर दिन लागेको बताए ।
प्रतिक्रिया