Logo

बिजनेस होम

कुलानन्द स्मृति पुरस्कार कैलाश लिम्बुलाई


GDP Nepal
   ६ कार्तिक २०७९, आइतबार


काठमाडौं । यस वर्षको कुलानन्द स्मृति पुरस्कार कैलाश लिम्बुले पाएका छन् । आइतबार भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोहमा लिम्बुलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

गृह मन्त्री बालकृष्ण खाँणले प्रहरी निरीक्षक आधारभूत तालिममा प्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरेका हुन् ।

यो पुरस्कार कुलानन्द ठाकुरका दुई छोरा पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल तथा ई. आनन्द नेपालद्वारा २०७६ सालमा स्थापित गरिएको हो ।

कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम भएका थिए । उनी भारतको ‘र’ बेलायतको ‘स्कटल्यान्ड यार्ड’ तथा अमेरिकाको ‘एफबीआई’ बाट तालिम लिने पहिलो प्रहरी अधिकृत पनि हुन् ।

नेपालमा काउन्टर इन्टेलिजेन्सको तालिम लिने पनि प्रथम उनी हुन् ।

यस पुरस्कार निजको नाममा प्रत्येक पटक प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थीलाई दिने गरिएको छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह