नेपालको रेष्टुरेन्ट व्यवसायमा ख्याती कमाएको नाङ्लो रेष्टुरेन्ट ग्रुपले दरबारमार्गमा पुन:द चाइनिज रुम सञ्चालनमा ल्याएको छ ।
नाङ्लो रेष्टुरेन्ट ग्रुपका प्रबन्ध निर्देशक तैजस लाल कक्षपतिका अनुसार १९७८ देखि सञ्चालनमा ल्याइएको द चाइनिज रुमलाई नयाँ स्वरुप र आकर्षक ढंगबाट सञ्चालनमा ल्याइएको हो ।
५४ सिट क्षमता भएको यस रेष्टुरेन्टमा चाइनिज परिकारहरुको स्वाद लिन सकिनेछ । पहिलाकै स्वादमा चाइनिज परिकारहरु, विशेषत: सिचुवाङ क्षेत्रका परिकारहरु थपिएको कक्षपतिले बताए ।
ग्राहकहरुको माग र पहिलाको छापलाई निरन्तरता दिन पनि आफूहरुले पुन: द चाइनिज रुम सञ्चालनमा ल्याएको उनले जनाए ।
प्रतिक्रिया