Logo

कर्पोरेट-बजार

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २३ कार्तिक २०७९, बुधबार


नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १४ सयले बढेसँगै ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह