Logo

Banner-news

पाँच वर्षमा ६ खर्ब ३७ अर्ब लगानी गर्दै प्राधिकरणः सरकार, दाता र बैंकबाट स्रोत जुटाइँदै


appharu
   १७ मंसिर २०७५, सोमबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षमा ६ खर्ब ३७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

प्राधिकरणका अनुसार ६ खर्ब ३७ अर्बमा सरकारको लगानी हिस्सा १ खर्ब ५८ अर्ब हुनेछ भने प्राधिकरणको ४२ अर्ब, वाह्य सहुलियत ऋणबाट ३ खर्ब ६० अर्ब रहनेछ । यस्तै, अपुग ७७ अर्ब भने स्वदेशी वित्तीय संस्थाबाट लगानी गर्ने लक्ष्य छ ।

विद्युत प्राधिकरणको कर्पोरेट योजनाअनुसार पाँच वर्षभित्र जलविद्युत् उत्पादन, वितरण र प्रशारणका लागि पाँच वर्षभित्र यो रकम खर्चिने योजना छ । योजनाका विषयमा ऊर्जामन्त्री वर्षमान पुन, योजना आयोगका सदस्य डा. केपी ओलीसहितको उपस्थितमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रस्तुतीकरण दिइसकेका छन् ।

पाँच वर्षभित्र जलविद्युत्मार्फत ५ हजार मेगावाट र नवीकरणीय ऊर्जामार्फत ३ सय मेगावाट उत्पादन हुनेछ । यस्तै, निजी क्षेत्रबाट ३ हजार मेगावाट तथा सरकारी निकायबाट थप १ हजार मेगावाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य प्राधिकरणको छ ।

प्रकाशित : १७ मंसिर २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह