Logo

कर्पोरेट-बजार

आजको विनिमयदर: कुन देशको मुद्राको मूल्य कति ?


GDP नेपाल
   ६ मंसिर २०७९, मंगलबार


नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ ।

बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्री दर १३१ रूपैयाँ २५ पैसा र खरिद दर १३० रूपैयाँ ६५ पैसा रहेको छ । यस्तै, युरोको बिक्री दर प्रति युरो १३४ रूपैयाँ ३७ पैसा र खरिददर १३३ रूपैयाँ ७५ पैसा तय गरिएको छ ।

बेलायती मुद्रा पाउन्ड स्टर्लिङको खरिद दर १५४ रुपैयाँ ३४ पैसा र बिक्री दर १५५ रुपैयाँ ५ पैसा, स्वीस फ्र्यांकको खरिददर १३६ रुपैयाँ २७ पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८६ रुपैयाँ ४६ पैसा र बिक्री दर ८६ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २९ पैसा र बिक्री दर ९७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

यतै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २३ पैसा र बिक्रीमा १८ रुपैयाँ ३१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९२ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह