Logo

सेयर बजार

७ अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   ६ मंसिर २०७९, मंगलबार


मंगलबार सेयर बजार ७ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ७.१३ अंकले घटेर एक हजार ९२९.७० विन्दुमा पुगेको छ ।

आज विकास बैंक ४९, फाइनान्स ५, होटल २६, जलविद्युत् १४, उत्पादन ४४, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा २५, अन्य २१ र व्यापार उपसमूह ७ अंकले घटेको छ । त्यस्तै, बैंकिङ १ र जीवन बीमा उपसमूह २ अंकले बढेको छ ।

आज यूनिलिभर नेपालको सेयर सबैभन्दा धेरै ५.५८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज जानकी फाइनान्स कम्पनीको सेयर ६.२३ अंकले बढेको छ ।

यस दिन २२८ कम्पनीको ३७ लाख कित्ता सेयर एक अर्ब ३५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह