Logo

कर्पोरेट-बजार

घट्यो सुनचाँदीको मूल्य


GDP नेपाल
   ७ मंसिर २०७९, बुधबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ ५० पैसा कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह